उपनिर्वाचन मौनअवधि आज राति १२ बजेबाट लागू हुँदै

0
Shares

काठमाडौं । उपनिर्वाचन मौनअवधि आज राति १२ बजेबाट लागू हुँदैछ । मौनअवधि लागू भएपश्चात् प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न नपाइने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाइने भएपछि राजनीतिक दलहरूले आज प्रचारप्रसारको अन्तिम कसरत गर्ने भएका छन् ।

आगामी १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुँदैछ ।