राष्ट्रपति पौडेल आईसीयूमा भर्ना

0
Shares

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालको आईसीयूमा भर्ना भएका छन्। राष्ट्रपति पौडेललाई एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्राडा अनन्त मोहन र आईसीयू विज्ञ डा पुनीत मिश्रको टोलीले उपचार गरिरहेको छ।

राष्ट्रपति पौडेलका छोरा चिन्तन पौडेलका अनुसार उनको उपचारमा हाल एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा।डा। अनन्त मोहन र आईसीयू विज्ञ डा। पुनीत मिश्रको टोली संलग्न रहेको छ।

उनलाई देखिएको संक्रमणको समस्या लामो समयसम्म एन्टिबायोटिक्स सेवन गर्दा पनि निको नभएर थप जटिल बन्दै गएपछि परिवार र चिकित्सकहरुको सल्लाहमा भारत लैजाने निर्णय भएको थियो।