नुहाउने क्रममा कोशी नदीमा बेपत्ता तीन मध्ये एकको शव फेला दुईको खोजीकार्य जारी

0
Shares

काठमाडौं ।

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका तीन जना मध्ये एक जनाको शव सशस्त्र प्रहरीले बैशाख ०६ गते फेला पारी नदीबाट बाहिर निकालेको छ भने अन्य दुई जनाको खोजीकार्य भईरहेको छ ।

घटनाबारे जानकारी पाएपश्चात नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर र सुरक्षा बेश चतराबाट विपद् व्यवस्थापन (डिएम) तालिम प्राप्तसहितको टोलीले झापा जिल्लाको दमक नगरपालिका ९ बस्ने २० बर्षिय नविन न्यौपानेको शव नदीबाट बाहिर निकालेको हो ।

न्यौपानेसहित मोरङ्ग जिल्लाको उर्लाबारी नगरपालिका ७ बस्ने २० बर्षिय राजन गुरागाई र झापा जिल्लाको दमक नगरपालिका ९ बस्ने २२ बर्षिय रुद्र न्यौपाने बुधबार बिहान सो नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए ।