संसद्‍ राजसंस्थाको पैरवी गर्ने थलो होइन : सांसद दाहाल

0
Shares

काठमाडौँ।

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संसद् राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले संसद् राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताएका हुन् ।

सांसद राजसंस्थाले २४० वर्षसम्म जनतालाई प्रताडित गरेको भन्दै जनतालाई प्रताडित गर्ने संस्थाको जबरजस्ती पैरवी गर्ने थलो संसद् नभएको बताए। उनले संसद्लाई राजसंस्थाको पैरवी गर्ने थलोको रूपमा जनताले नमान्ने बताए।

सांसद दाहालले संसद् विज्ञापन एजेन्सी भएको पनि स्पष्ट पारे। उनले कोही हराएको विज्ञापन संसदमा गर्नु नहुने बताए। उनले संसदमा अमर्यादित, अशिष्ट र अराजक बहसहरू हुने गरेको भन्दै संविधानको जगमा उभिएर बहस गर्न सांसदको ध्यानाकर्षण गराए।

उनले भने, ‘‘यो सदनमा अहिलेसम्म जसरी विषयवस्तु उठान भएका छन् र बहस भएका छन्। यी बहसहरू अलि अमर्यादित छन्। अशिष्ट छन्। अराजक छन्। मैले पटक–पटक उठाउँदै आएको छु। कमसेकम संविधानको जगमा उभिएर हामीले बहस गर्नुपर्छ। छलफल गर्नुपर्छ। संसद् विज्ञापन एजेन्सी होइन, यहाँ विज्ञापन गर्न पाइँदैन। कोही हराएको विज्ञापन गर्ने कुरा, कोही पछाडि फर्किएर प्रतिगामी कोणबाट २४० वर्षसम्म जनतालाई प्रताडित गर्ने संस्थाको जबरजस्ती पैरवी गर्ने थलोको रूपमा पनि संसद्लाई जनताले पत्याउँदैनन् र मान्दैनन्। यहाँ बहस जसरी उठेका छन्। कमसेकम विचार केन्द्रित भएर, राष्ट्रिय स्वार्थसँग केन्द्रित भएर हामीले हाम्रा बहसको उठान गर्नुपर्छ भन्ने विषयमा सदनको ध्यानाकर्षण गराउन चाहन्छु।’’