भोलि बिहान १ बजेदेखि ७ बजेसम्म आन्तरिक तथा बाह्य उडान-अवतरणमा रोक

0
Shares

काठमाडौं । भोलि (बिहीबार) बिहान १ बजेदेखि ७ बजेसम्म त्रिभुवन विमानस्थलबाट आन्तरिक तथा बाह्य उडान–अवतरणमा रोक लगाइएको छ ।

यस अवधिभर दुवैतर्फको उडान रोक लगाइएको उक्त विमानस्थलले जनाएको छ ।

विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई सुधार गर्न अनलाइन यूपीएस जडान गर्ने काम जारी रहेकोले उडान अवरुद्ध हुने महानिर्देशक प्रतापबाबु तिवारीले बताए ।