उपप्रमुखद्वारा प्रशासकीय अधिकृतमाथि अभद्र व्यवहार, नगरका कर्मचारी आन्दोलित

0
Shares

महोत्तरी । महोत्तरीको बल्वा नगरपालिकामा कर्मचारीहरु आन्दोलित भएका छन् ।

बैठक बसिरहेको बेला नगरपालिकाका उपप्रमुख रामदुलारी देवीले प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार ठाकुरमाथि अभद्र व्यवहार गरेको भन्दै विरोधमा कमार्चारीहरू आन्दोलित भएका हुन् ।

४ वैसाखमा बसिरहेको बैठकमा केही मान्छेहरूसहित प्रवेश गरेकी उपप्रमुख रामदुलारी देवीले आफ्नो जिम्मेवारीलाई हस्तक्षेप गरेको बताउँदै बोत्तल प्रहार गरेको कर्मचारीहरूको भनाइ छ ।

व्यक्तिगत स्वार्थलाई विषयवस्तु बनाइ उपप्रमुखले गालीगलौज र अभद्र व्यवहार गरेको आरोप लगाउँदै कर्मचारीहरुले घटनामा सग्लन व्यक्तिहरु र उप्रमुखलाई कानुन वम्मोजिम कारबाही गर्न माग गरेका छन् ।

उपप्रमुख र सग्लन व्यक्तिहरुलाई कारबाही नभएसम्म वडासम्मका सम्पूर्ण काम ठप्प बनाउने पनि उनीहरूले घोषणा गरेका छन् । -न्युज कारखाना