पाल्पा दरबार क्षेत्रका घर-टहरामा डोजर चलाइयो, सटर ३५ दिनभित्रै खाली गर्न अल्टिमेटम

0
Shares

पाल्पा । तानसेन नगरपालिकाले ऐतिहासिक पाल्पा दरबार क्षेत्रका घर, टहरा संरचना भत्काएको छ ।

तानसेनको मुटुमा रहेको दरबारलाई सुन्दरता प्रदान गरि विश्व पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउने उद्देश्यले यहाँका सरकारी घर, टहरा संरचनामा नगर सरकारले बुधबार विहानैदेखि डोजर चलाइएको हो ।

यहाँका सटरमा पसल तथा कार्यालय चलाइरहेकालाई नगरपालिकाले मंगलवारसम्मलाई सामान खाली गर्न ३५ दिने म्याद दिएको थियो । तानसेन नगर पालिकाकाका जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरीसहित गएको डोजरले घर, टहरा तथा पसल भत्काउन शुरु गरेको हो ।

तानसेनको शीतलपाटी मूलढोका र तेस्रो सडक दरबार क्षेत्र वरपर रहेका ५७ घर संरचना भत्काउन लागिएको छ । यहाँ अहिले दुईवटा डोजर चलाइएको छ ।

सरकारको स्वामित्वमा तानसेन–४ मा रहेका १३ वटा घर टहरासहित घरेलु शिल्पकलाका १३, नेपाल रेडक्रसको ३, कर्मचारी मिलन केन्द्रको ३, बाल संगठनको १ तथा २००२ देखि २०२२ सम्म राणाहरुले अर्को व्यवस्था नभएसम्मको लागि भन्दै दिएका २४ घरटहरा भत्काउन लागिएको नगर प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो ।

यहाँका सटरहरुमा व्यापार, व्यवसाय गर्दै आइएको थियो । नगर पालिकाले सटरहरु भत्काउने समय सिमा दिएपछि यहाँका व्यवसायीहरुले मंगलबार नै रातारात सटर खाली गराएका थिए ।