राष्ट्रपति पौडेल थप उपचारका लागि भारतमा

0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल थप उपचारका लागि पुगेका छन् । उनी बुधबार केहीबेर अघि भारत पुगेका हुन् ।

मंगलबार स्वास्थ्यमा आएको प्रतिकूल असरका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका थिए । पौडेलको छातीमा देखिएको असर कम नभएपछि थप उपचारका लागि भारत पुगेका छन् ।

राष्ट्रपतिलाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत बिहान १० बजे त्रिभुवन विमानस्थलबाट भारत लगिएको छ ।