संसद् बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

0
Shares

काठमाडौं । संघीय संसद् अन्तर्गतको संसद् बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।

संघीय संसद् सचिवालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक, २०७७ सदनमा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

राष्ट्रियसभा बैठक भने अनिश्चित छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुस जाने भएकाले बैठक अनिश्चित कालका लागि स्थगित भएको हो ।