द्रुतमार्ग निर्माण अवधि २०८३ चैत मसान्तसम्म बढाइने

0
Shares

काठमाडौं । राष्ट्रिय गौरव आयोजनाको रूपमा रहेको काठमाडौं÷तराई, मधेश दु्रतमार्ग निर्माण अवधी २०८३ चैत मसान्तसम्म बढाइने भएको छ ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण शुरू गरिएको उक्त आयोजना हेरिरहेको काठमाडांै÷तराई, मधेश द्रुतमार्ग सडक आयोजनाले तोकिएको समयमा उक्त आयोजना सम्पन्न नहुने भएपछि म्याद थपका लागि सरकारलाई आग्रह गरेको र सरकारले आयोजनाले मागेको समयावधि थप हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

कोरोना संक्रमणका कारण निर्माण कार्यमा अवरोध आउनुका साथै आयोजनाभित्र पर्ने जग्गा विवाद हालसम्म कायम रहेको र आयोजनाको ४ वटा प्याकेजको ठेक्का लाग्न नै बाँकी रहेको भन्दै उक्त सडक आयोजनाले म्याद थपका लागि सरकारसँग आग्रह गरेको थियो ।

सरकारले उक्त आयोजनाको म्याद थप गरेर अबको तोकिएको अवधिमा नै आयोजना सम्पन्न गर्न आयोजनालाई निर्देशन दिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा लिइएको उक्त द्रुतमार्ग २०८१ मंसिरसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

आयोजनाको काम तीव्र गतिमा भइरहेको भए पनि निर्माण शुरु भएको स्थानको भौतिक प्रगति २२ प्रतिशत मात्रै भएको छ । आयोजानमा विभिन्न ठाउँमा सुरुङ बनाउनुपर्ने र अग्ला अग्ला पुलहरू निर्माण गर्नुपर्ने भएकाले पनि आयोजना तोकिएको मितिमा सम्पन्न गर्न कठिनाइ भएको नेपाली सेनाको तराई मधेस द्रुतमार्ग सडक आयोजनाले जनाएको छ ।

७२ दशमलव ५ किलोमिटर लामो उक्त द्रुतमार्ग निर्माणका लागि १ खर्ब ७ अर्ब लाग्ने अनुमान गरिएको छ । आयोजना निर्माणका लागि ठेक्का लाग्न बाँकी रहेका ४ वटा प्याकेजको ठेक्का यही आर्थिक वर्षको अन्त्यसम्म लागि सक्ने गरी काम बढेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

नेपालको मुहार फेर्ने अपेक्षा गरिएको उक्त मार्गको काम सम्पन्न गर्न सरकारले २०७४ साउन २७ गते नेपाली सेनालाई सुम्पेको थियो ।

आयोजना निर्माणका क्रममा देखिएका समस्यालाई समाधान गर्न आयोजनाले अधिकतम प्रयास गरेको र अन्य क्षेत्रको विवाद मिले पनि काठमाडौंको प्रवेश विन्दुको रूपमा रहेको खोकनामा जग्गा विवाद अझै मिल्न नसकेकाले पनि कामलाई बाधा परेको जनाएको छ ।

निरीक्षणमा प्रधानमन्त्री

यसैबीच निर्माणाधीन दु्रतमार्ग (फास्टट्रयाक) को प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहित ३ मन्त्रीद्वारा निरीक्षण गरिएको छ ।

करिब ७२ किलोमिटर लामो द्रुतमार्गमा हाल ४६ किलोमिटरमा ठेक्का लागेर ३७ किलोमिटरमा काम जारी रहेको अवस्थामा मंगलबार निरीक्षण गरिएको हो । तराईलाई काठमाडौं जोड्ने दु्रतमार्ग निर्माणस्थलको अवलोकन प्रधानमन्त्री प्रचण्डले गर्नुभएको हो ।

निरीक्षणका क्रममा प्रचण्डले दु्रतमार्ग निर्माण सन्तोषजनक भएको बताउनुभयो । सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले काम राम्रा भएको महसुस गरिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘प्रत्यक्ष हेर्दा काम राम्रै भएको महसुस गरेका छौं । टनेलभित्र गएर पनि हे¥यौं ।’ उहाँले कोभिडका कारण करिब दुई वर्ष काम खेर गएको भन्दै त्यस समयलाई मिलाउ“दा केही समस्या भए पनि अब द्रुतमार्ग द्रुतगतिमा निर्माण हुने प्रक्रियामा रहेको दाबी गर्नुभयो ।

प्रचण्डले द्रुतमार्ग निर्माणको जिम्मा कसलाई दिने भन्ने बहस भएका बेला आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताउँदै राष्ट्रभावना, जनचाहना र मनोविज्ञानको कदरस्वरूप नेपाली सेनालाई निर्माणको जिम्मा दिइएको स्मरण गर्नुभयो ।

मार्गका विषयमा नेपाली सेनाले आफूलाई ब्रिफिङ गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले स्थलगत अनुगमनका क्रममा आफूलाई उक्त मार्ग अब तीव्र गतिमा अघि बढ्ने विश्वास रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खडका, अर्थमन्त्री प्रकाशशरण महत र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको टोलीले निरीक्षण गरेको छ । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल र सामाजिक विकासमन्त्री कुमारी मुक्तान पनि दु्रतमार्ग निरीक्षणमा पुग्नुभएको थियो ।