दोहोरो नागरिकता लिएको भन्दै पूर्वमन्त्रीसहित १२ जनाविरुद्ध उजुरी

0
Shares

काठमाडौँ।

पूर्वपरराष्ट्रमन्त्री डा. नारायण खड्कालगायतले दोहोरो नागरिकता लिएको भन्दै छानबिन गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी दर्ता भएको छ।

कांग्रेस नेता खड्काको नागरिकता छानबिन गर्न माग राख्दै सिन्धुलीका युुवराज पौडेल (सफल)ले सोमबार उजुरी दिएका हुन्। उजुरीमा खड्कासहित उच्च पदस्थ १२ जनाको नेपाली नागरिकता र पिआर तथा ग्रिनकार्डको छानबिन गर्न माग गरिएको छ।

राजेन्द्र महतो, सरिता गिरी, सुजाता कोइराला, अनुराधा कोइराला, रेणु दाहाल पाठक, गंगा दाहाल प्रधान, परमानन्द झा, देवेन्द्रराज कँडेल, डा. स्वर्णिम वाग्ले, डा. मीनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडूको दोहोरो नागरिकता रहेको उजुरीमा दाबी गरिएको छ।

डा. खड्का नेपाली कांग्रेसको राजनीतिमा आउनुअघि क्यानडामा बसोबास गर्थे। उनकी श्रीमती क्यानडेली नागरिक हुन्। उजुरीकर्ता पौडेलले रवि लामिछानेविरुद्ध अदालतमा उजुरी गरेर उनको मन्त्री र सांसद पद नै खारेज गराएका थिए।