सरकारले पूर्णता पाउन नसक्नु लाजमर्दो विषय : सांसद आचार्य

0
Shares

काठमाडौँ ।

नेकपा (एमाले)का सांसद भीमप्रसाद आचार्यले सरकारले अझै पूर्णता पाउन नसकेकोमा आपत्ति जनाएका छन्।

सरकार बनेको ६ महिना हुन लाग्दा पनि पूर्णता पाउन नसक्नु लाजमर्दो विषय भएको उनको टिप्पणी थियो।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारलाई पूर्णता दिने काम कति वर्षमा पूरा हुन्छ? भनेर सत्तारुढ गठबन्धनलाई कटाक्ष गरे।

उनले सरकारलाई संसदप्रति जवाफदेही हुन पनि सचेत गराए।

‘वर्तमान सरकार धेरै अलमलिइरहेको देखिराखेका छौँ। यो सरकाले अहिलेसम्म पूर्णता पाउन सकेको छैन। लाजमर्दो अवस्था के हो भने सरकार र यसका अंगले झण्डै आधा वर्षसम्म भइसक्दा पूर्णता नपाउने, मन्त्रालय खाली हुने, जनताले सेवा नपाउने, मर्कामा पर्ने, विकास अलपत्र हुने अवस्था छ’, उनले भने, ‘मेरो एउटा प्रश्न छ हामी मन्त्री र प्रधानमन्त्रीजीहरुका भाषण सुनिरहेका छौँ, यो गर्छौँ, त्यो गर्छौं। प्रधानमन्त्री र गठबन्धनका नेताहरुले सरकारलाई कति वर्ष लगाएर पूर्णता दिनु हुन्छ?’

उनले सरकारले पूर्णता नपाउँदा विकासको काम पनि हुन नसकेको बताए।