उपनिर्वाचन:  बारा २ मा चुनाव, वीरगन्जमा रणनीति

0
Shares

वीरगन्ज । 

गत मंसिर ४ गते भएको निर्वाचनमा बारा २ बाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि फेरि अहिले बारा २ चुनावी माहौलले तातेको छ । बारा २ मा मतदानको मिति नजिकिँदै गर्दा त्यो क्षेत्रमा आफ्ना उम्मेदवारलाई जिताउनका लागि सबै पार्टी लागि परेको देखिन्छ । खासगरी निकै चासोका साथ हेरिएको उपेन्द्र यादवको अवस्थाका बिषयमा पनि विश्लेषण र उनलाई जिताउनका लागि रणनीति बन्ने गरेको देखिन्छ । उपेन्द्र यादवलाई जिताउका लागि वीरगन्जमा रणनीति बन्ने गरेको छ । वीरगन्ज ब्यापारिक र राजनीतिक ठाउँ भएकाले यहाँ चुनावी रणनीति बन्नु स्वभाविक भएको यहाँका नागरिक अगुवाहरुको बुझाइ छ । त्यसो त उपेन्द्रलाई मात्र नभइ अन्य उम्मेदवारलाई जिताउनका लागि पनि वीरगन्जमा रणनीति बन्ने गरेको छ । उपनिर्वाचन प्रतिष्ठाको लडाइँ समेत भएकाले जसपा,एमाले र जनमत तथा राष्ट्रिय स्वतन्त्र पार्टी समेत आफ्ना उम्मेदवारलाई जिताउनका लागि लागि परेका छन् ।

दूतावासको सिधा चासो

वीरगन्जमा रहेको भारतीय दूतावासले बारा २ को निर्वाचनमा चासो दिएको छ । श्रोतका अनुसार उपेन्द्र यादवलाई जिताउनका लागि केही भारत पक्षीय नेताहरुले लविंग गरिरहेको भएपनि भारत यादवसंग त्यत्ति खुसी नभएका कारण भारतीय दूतावासले उपेन्द्रको पक्ष भन्दा पनि अरुको पक्षमा बढी चासो दिएको बुझिएको छ । यो निर्वाचन क्षेत्रबाट मंसिर ४ को चुनावमा झिनो मतले जसपाका रामसहायले जितेका थिए । १३ हजार ८ सय २२ मत ल्याएका यादवले दोश्रो माओवादीका उम्मेदवार शिवचन्द्र कुशवाहले पनि राम्रो मत ल्याएका थिए। उनले पनि १३ हजार ४ सय ६८ मत ल्याएको हुंदा यो क्षेत्रमा प्रतिप्रस्पर्धी तीब्र हुने अनुमान छ तर अहिले शिवचन्द्र पनि उम्मेदवार छन् तर उनी माओवादीबाट नभइ जनमत पार्टीबाट उम्मेदवार बनेका छन् । माओवादीले उपेन्द्रलाई साथ दिने बताएपछि पाटीसंग बिद्रोह गरेर उनी सिके राउतको पार्टीमा प्रवेश गरी अहिले चुनावी मैदानमा छन्  ।

मधेशमा पहाडे उम्मेदवारलाई कत्ति सहज ?

यो निर्वाचन क्षेत्र मधेश समुदायको बाक्लो उपस्थिति भएको क्षेत्र हो । यहाँ थोरै मात्र पहाड समुदायको बस्ती छ  । मधेशी सहित मुसलवान तथा थारु समुदायको बाक्लो बस्ती रहेको यो क्षेत्रमा अन्य सहित दुईजना पहाडे समुदायको फरक पार्टीबाट उम्मेदवारी परेको छ । जिल्लावासी नै रहेका एमालेका तर्फबाट पुरुषोत्तम पौडेलको उम्मेदवारीलाई परेको छ भने निकै पहाडका पूर्व एसपी रहेका रमेश खरेलको पनि उम्मेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारलाई बनेका खरेललाई पनि यहाँ निकै चासोका साथ हेरिएको छ । रबि लामिछानेको पछल्लो राजनीतिक सकृयताका कारण युवा पुस्ता खरेलको पक्षमा देखिएकाले यो क्षेत्रमा यसै हुन्छ भनेर भन्न सकिने अवस्था कमै रहेको बुझाइ धेरैको छ । बारा २ मा मुख्यत: यीनै चार मध्यमा प्रतिस्प्रर्धा हुने बिश्लेषण वीरगन्जमा छ ।