काठमाडौँ।
नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जन(भ्रष्टाचार) मुद्दामा विशेष अदालतले सोमबार पक्राउ पुर्जी जारी गरेको हो ।
न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको संयुक्त इजलासले खड्कासमेत ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
उनीमाथि गैरकानुनी रूपमा १८ करोड ६६ लाख रुपैयाँ सम्पत्ति आर्जन गरेको आरोप लागेको छ।
उनीविरुद्ध अख्तियारले २०७५ पुसमा मुद्दा दाएर गरेको थियो।











प्रतिक्रिया