काठमाडौं ।
सिंहदरबारभित्रको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतका रिट दायर भएको छ ।
सोमबार अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरलाई फोहोर उठाउन आदेश दिन माग गर्दै रिट दायर गरेका हुन् ।
फोहोरका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेकाले महानगरले तत्काल फोहोर उठाउनुपर्ने माग गरिएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले संघीय सरकारले सहयोग नगरेको भन्दै ८ दिनदेखि सिंहदरबारभित्रको फोहोर उठाएका छैनन्।











प्रतिक्रिया