एनपी साउद परराष्ट्रमन्त्री बन्ने

0
Shares

काठमाडौँ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन्। आठौंपटक मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको निर्णय अनुसार साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्न लागेका हुन्।

उनले आइतबार (भोलि )दिउँसो ३ बजे शपथ लिने तय भएको पार्टी सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

सत्ता गठबन्धनमा भएको सहमति अनुसार नेपाली कांग्रेसले ८ वटा मन्त्रालय लिने समझदारी बनेको छ। जसमध्ये यसअघि कांग्रेसले ४ जना मन्त्री मात्रै सरकारमा पठाएको छ।