सियारी गाउँपालिका अध्यक्ष घिमिरेको घरमा बम फेला

सेनाद्वारा डिस्पोजल 



बुटवल। 

रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको निजी निवासमा प्रेसर कुकर बम फेला परेको छ ।
अध्यक्ष घिमिरेको घर रहेको सियारी ४ दयानगर छपिया स्थित घरको पछाडि तर्फको पर्खाल बाहिर वोरामा राखेको प्रेसर कुकर फेला बम परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवत्ता श्यामु अर्यालले बताउनुभयो ।

बिहान पौने १० बजेतीर घर बाहिर निस्कने बेलामा तारबार जेलिएर राखिएको अबस्थामा प्रेसर कुकुर बम देखेको र तुरुन्त प्रहरीमा खबर गरेको अध्यक्ष घिमिरेले बताउनुभयोे ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोजल गरेको छ ।  डिस्पोजल गर्दा भित्ता, नजिकै रहेको टिनको टहरामा सामान्य क्षती पुगेको छ ।
बम कसले र किन राखेको बिषयमा अनुसन्धान शुरु गरिएको प्रवत्ता अर्यालले बताउनुभयोे ।

प्रतिक्रिया दिनुहोस्