सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवीको सय वर्षको उमेरमा निधन

630
Shares

काठमाडौं ।

वाङमय शताब्दी पुरुष संस्कृतिविद् स्वर्गीय सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको सय वर्षको उमेरमा निधन भएको छ ।
शनिबार बिहान ५:१५ मिनेट जाँदा ग्वार्कोस्थित किष्ट अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

‘बिहीबारदेखि उनको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । ८४ वर्षसम्म संस्कृतिविद् सत्यमोहन जोशीसँग सहयात्रा गरेकी राधादेवी लामोसमयदेखि विभिन्न रोगको उपचारमा थिइन् । सत्यमोहन जोशीको एकसय चार वर्षको उमेरमा आठ महिना अघि निधन भएको थियो ।