कलंकी माइ मन्दिरको रजत महोत्सव तथा नयाँ वर्षको शुभकामना आदान प्रदान

0
Shares

काठमाडौं ।

कलंकी माइ मन्दिरको रजत महोत्सव तथा नयाँ वर्ष २०८० को उपलक्ष्यमा शुक्रबार शुभकामना आदान प्रदान तथा क्यालेन्डर वितरण कार्यक्रमको आयोजना गरियो ।

काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम सम्पदा संरक्षण तथा टोल विकासकालागि सबै एकजुट भएर अगाडि बढ्नु पर्ने धारणा कार्यक्रममा सहभागीहरुले व्यक्त गरेका थिए ।

कलंकीमाई साक्षात देविको रुपमा स्थानीयले मान्दै आएको र यसको संरक्षणमा महानगरपालिकाका पूर्व प्रमुख शाक्यले खेलेको भूमीका प्रसंसनीय रहेको भन्दै मन्दिरको तर्फबाट उहाँलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा पूर्व मेयर शाक्यले यस क्षेत्रको विकासकालागि आफु मेयर हुँदा प्रयत्न गरेको र भनेजति काम गर्न नसके पनि कामनापा १४ वडावासीको चित्त दुखाउने काम नगरेको बताउनुभयो ।

उक्त कार्यक्रममा कापनपा १४ का वडाध्यक्ष सुमन श्रेष्ठ, पूर्व अध्यक्ष शोभा सापकोटा, बुद्धिजिवी ओम थपलिया, सुन्दर थापा लगायतले नव बर्षले सबै नेपालीमा उर्जा ल्याउने विश्वास गरेका थिए ।