भारतबाट चन्द्र भण्डारीले भने- चाँडै नेपालमै स्वास्थ्य उपचार गर्नेछु

0
Shares

काठमाडौं ।

दुई महिनादेखि भारतमा उपचाररत कांग्रेसका सांसद चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा भिडियो सन्देश जारी गरेका छन् ।

गत ३ फागुनमा खाना पकाउने ग्यास लिएर भएर भएको आगलागीमा परेर जलेपछि भारतमा उपचार गराइरहेका सांसद भण्डारीले भिडियो सन्देशमार्फत नयाँ वर्षको सबै नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् ।

सबैको माया सद्भाव, प्रेम र प्रार्थना कारण आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताउँदै उनले चाँडै नेपालमै आएर स्वास्थ्य उपचार गर्ने बताएका छन् ।