विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यकः उद्योगमन्त्री रिजाल

0
Shares

काठमाडौँ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक रहेको बताउनु भएको छ ।

शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधरण सभामा बोल्दै उहाँले अझै पनि विज्ञापन व्यवसायीहरुको दायराभन्दा बाहिर विज्ञापनको क्षेत्र रहेको भन्दै व्यवसायीहरुको दायरामा ल्याउन आवश्यक रहेको बताउनुभयो।

उहाँले सरकारले विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउनका लागि राष्ट्रिय नीति ल्याउन लागेको बताउनुभयो। सरकारले ल्याउने राष्ट्रिय नीतिमा विज्ञापन व्यवसाय क्षेत्रको दायरा बढाउन सहयोग गर्ने उहाँको भनाइ छ।

उहाँले विज्ञापनको धेरै क्षेत्र विज्ञापन संघको दायराभन्दा बाहिर हरेको भन्दै दायरामा ल्याउन पहल गर्न आग्रह गर्नु भयो।

‘विज्ञापन व्यवसायीहरुको ठूलो भूमिका छ । विज्ञापन व्यवसायलाई व्यवस्थित गर्न सरकारले राष्ट्रिय नीति ल्याउँदैछ । विज्ञापन क्षेत्रको दायरा बढाउँदै जानुहोला’ उहाँले भन्नुभयो, ‘सरकारको राष्ट्रिय नीतिले पनि विज्ञापन व्यवसाय क्षेत्रको दायरा बढाउने विषय समेट्नेछ । विज्ञापनको धेरै क्षेत्र विज्ञापन संघको दायरा भन्दा बाहिर हरेको छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरबाट सामानहरु बेच्ने गरेका छन् तर विज्ञापन दिने सम्भव हुन सकेको छैन । त्यसलाई पनि कानूनी दायरामा ल्याउन आवश्यक छ। ‘