काठमाडौं । १० वर्षे तत्कालीन सशस्त्र संघर्ष ताकाका माओवादी पृष्ठभूमिका दुई साना समूहबीच एकता हुने भएको छ ।
आज (शुक्रबार) दिउँसो १२ बजे पत्रकार सम्मेलनको आयोजना गरेर एकता घोषणा गर्ने नेकपा (बहुमत)का नेता उदयबहादुर चलाउने दीपकले जानकारी दिए ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धमेन्द्र बाँस्तोला संयोजक रहेको नेकपा (बहुमत)बीच एकता हुने भएको हो ।
नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा परित्याग गरी बाँस्तोलाले नेकपा (बहुमत) गठन गरेर अलग्गै राजनीतिक गतिविधि गर्दै आएका थिए ।
पत्रकार सम्मेलन इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आयोजना गरिएको छ ।











प्रतिक्रिया