काठमाडौं । आसन्न बैशाख १० मा हुने उपनिर्वाचनका लागि आचारसंहिता लागू भएको छ । शुक्रबारदेखि आचारसंहिता लागू गरिएको निर्वाचन आयोगले जनाएको छ ।
उपनिर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू हुने आयोगका प्रवक्ता शालिग्रा शर्मा पौडेलले जानकारी दिए ।
आयोगले मन्त्रीहरू, उपनिर्वाचनका उम्मेदवार, मतदाता, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय कार्यपालिकाका सदस्य, शिक्षक, निजी तथा गैर सरकारी संस्थाका पदाधिकारी र कर्मचारी, विकास साझेदार संस्था लगायतका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।
बैशाख १० मा चितवन–२, तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन हुँदैछ ।
हेर्नुहोस् आचारसंहिता :












प्रतिक्रिया