काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ ।
बैठकमा कार्य व्यवस्था समितिका सदस्यहरूलाई सभामुखले मनोनयन गर्ने कार्यतालिका रहेको छ ।
आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रण सम्बन्धि विधेयक २०७८ का सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल हुने संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६३ औँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको सङ्घीय संसद्ले जानकारी दिएको छ ।











प्रतिक्रिया