काठमाडौ । सत्तारूढ गठबन्धन दलको बैठक आज बस्दैछ । बैठकमा सरकराले न्यूनतम साझा कार्यक्रम आजै सार्वजनिक गर्ने तयारी गरेको छ ।
कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । मंगलबार बसेको सत्तारूढ दलको बैठकले उक्त कार्यक्रम आज सार्वजनिक गर्न लागेको छ । सत्तारूढ बैठकले अनुमोदन गरेपछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनेछ ।
कांग्रेसका रमेश लेखक, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जसपाका राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीका विजय पौडेल सहितको कार्यदलले सो नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।











प्रतिक्रिया