सुब्बाकाे सरुवा बदर गर्न प्रधानमन्त्रीको भिटो

14
Shares

काठमाडौं ।

सिंहदरबारका शक्तिशाली संघीय मामिला तथा सामान्य  प्रशासन सेवाका नायब सुब्बा युवराज गिरीले प्रधानमन्त्रीको सचिवालको पावर लगाएर सरुवा बदर गर्न दबाब दिइरहेका छन् ।

यस विषयमा शहरी विकास मन्त्रायका प्रवक्ता एवम् सहसचिव प्रदीप परियारसँग बुझ्न खोज्दा उनले बैठकमा भएको बताए भने मन्त्रालयका सचिव सुरेश आचार्य सम्पर्कमा आउन चाहेनन् । मन्त्रालयमा आएलगत्तै गिरीलगायत करिब डेढ दर्जन यस्तै रैथाने सुब्बालाई सरुवा गरेर भ्रष्टाचार नियन्त्रण गर्छु भनेका सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसमेत गिरीसँग छन् ।

शहरी विकास मन्त्रालय र मातहत निकायमा एक सय वटा भन्दा बढी चारपांग्रे सवारी साधन छन् । तिनीहरूको व्यवस्थापन, संचालन र मर्मतसम्भारदेखि मातहत निकायमा कार्यालय प्रयोजनको लागि आवश्यक सरसामग्री खरिदको जिम्मेवारी पनि वर्षौंदेखि नायव सुब्बा गिरीकै हालीमुहालीबाट चलिरहेको छ ।

उनका क्रियाकलापविरुद्धमा जानेर वा नजानेर बोल्ने जो कोही कर्मचारीको मन्त्रालयमा टिक्न पाउँदैन भन्ने कुरा उनले धेरै पटक प्रमाणित गरेर देखाइदिएका छन् । लेखा अधिकृत हुन वा प्रशासनका उपल्ला कर्मचारी किन नहुन् । उनको आदेश मानेन भने मन्त्रालयमा लामो समय टिक्न सक्दैनन् ।

२०७२ सालमा शहरी विकास मन्त्रालयले भूकम्पपीडितको लागि वितरण गर्न भन्दै छोटो समयमा व्यापारीसँग त्रिपाल खरिद गरेको थियो । त्रिपाल खरिदमा विद्यमान ऐन-कानूनको पालना नगरी अनियमितता भएको त्यतिवेला निकै चर्चामा थियो ।

त्रिपाल खरिद गर्ने काम मन्त्रालयको जिम्मामा भए पनि मुख्य योजनाकार भने स्टोरकिपरका नायव सुब्बा युवराज गिरी नै थिए । त्रिपाल खरिदमा अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि परेको थियो ।