उपसचिव र अधिकृतलाई व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन

0
Shares

काठमाडौं । 

राष्ट्रिय किताव खानाले नेपाल सरकारका उपसचिव र शाखा अधिकृतसरहका कर्मचारीहरुका लागि १ महिनाभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सूचना जारी गरेको छ ।

कर्मचारीको सरुवा बढुवा पुरस्कार र पदस्थापन विज्ञताका अधारमा मात्र गर्ने सरकारको तयारीपछि किताव खानाले यस्तो सूचना जारी गरेको हो । धेरैजसो कर्मचारीको शुरु सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको तथा सरुवा बढुवाको विवरण समेत अद्यावधिक नरहेकोले यस्तो सूचना जारी गरी विवरण अद्यावधिक गर्न लागिएको राष्ट्रिय कितावखानाका महानिर्देशक डा टोकराज पाण्डेले बताउनुभयो ।‘ निजामती सेवा नियमावली २०५० को नियम १० मा भएको व्यवस्था बमोजिम यस्तो निर्णय गरिएको हो ।’महानिर्देशक पाण्डेले भन्नुभयो ।

उपसचिव र अधिकृतको पदमा पुगेका कर्मचारीको पनि व्यक्तिगत विवरणमा एसएलसी वा प्रवीणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहको पाइएको छ । धेरै ठाउँमा सरुवा भइसकेका कर्मचारीको पिन पुरानै विवरण रहेकाले यस्तो सूचना जारी गरिएको किताव खानको भनाइ छ ।

विवरण अद्यावधिक गर्न किताव खानाको वेभ साइडमा रहेको इमेल मार्फत वा स्वय कागजात लिई पुलचोकस्थित कार्यालयमा गई विवरण अवधि गर्न सकिने कितावखानाले जनाएको छ । हाल निजामती सेवामा उपसचिव र शाखा अधिकृत सरहका करिव ७ हजार कर्मचारीहरू कार्यरत रहेका छन् ।

यसअघि कितावखानाले सचिव र सहसचिव सरहका कर्मचारीको विवरण अद्यावधिक गरिसकेको छ । सघिय निजामती सेवा एन जारी हुन लागेको र सरकारले विज्ञताका अधारमा कर्मचारी खटाउने भनिरहेकै समयमा व्यक्तिगत विवरण अद्यावधिक गर्न लाग्नुलाई महत्त्वपूर्ण कामका रूपमा हेरिएको छ ।