लुम्बिनीमा डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन बुझाइयो ५३ सांसदको हस्ताक्षर

0
Shares

बुटवल।

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन ५३ सांसदको हस्ताक्षर बुझाइएको छ । आइतबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आठ दल र एक स्वतन्त्र सांसदको हस्ताक्षर बुझाइएको हो ।

कांगेसका २७, नेकपा (माओवादी केन्द्र)का (सभामुख बाहेक) १०, जनमत पार्टीका चार, जसपा। लोसपा र नागरिक उन्मुक्तिका तीन/तीन, नेकपा (एकीकृत समाजवादी), जनमोर्चा र स्वतन्त्र सांसद एक/एकजनाको हस्ताक्षर बुझाइएको हो ।

यसअघि, लुम्बिनीका मुख्यमन्त्री लीला गिरीलाई समर्थन गरेका २५ प्रदेशसभा सदस्यले समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख शेरचनलाई बुझाएका थिए ।