सवारी दुर्घटनाका घाइतेको निःशुल्क उपचार होस : सांसद खतिवडा

0
Shares

काठमाडौँ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सवारी दुर्घटनामा परी घाइते भएकाहरूलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ओखलढुङ्गाका २ वटा सवारी साधन दुर्घटनामा परी ८ जनाको ज्यान गएको र घाइते भएकाहरूको खर्चको अभावमा उपचार गर्न कठिनाइ भइरहेको दृष्टान्त पेस गर्दै सरकारसँग सो माग गरेका हुन्। । सांसद खतिवडाले सबै बसहरूमा यात्रुहरूका लागि स्वास्थ्य बीमाको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

‘‘सवारी दुर्घटनामा परेर घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाओस् भनेर म माग गर्न चाहन्छु । ओखलढुङ्गामा जिप र बस दुर्घटनामा परी घाइते भएकाहरूको उपचार गर्न सक्ने अवस्था भएन ।’उनले भने।,’ बसको बिमाको व्यवस्था नभएकाले पनि उपचार खर्चको अभाव छ । त्यसैले बसका यात्रुहरूलाई बिमाको व्यवस्था गरेर सम्पूर्ण उपचार गर्ने व्यवस्था सरकारले गरोस् भनेर आग्रह गर्न चाहन्छु ।’’