लुम्बिनी सरकारबाट माओवादी बाहिरियो

0
Shares

बुटवल। 

लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका सबै मन्त्रीले पदबाट राजीनामा दिएका छन्। लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिनु भयो ।

पार्टीका सबै मन्त्रीहरुले राजीनामा दिइसक्नु भएको छ । अब सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिन जाँदै छौँ । उहाँले भन्नु भयो ।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री लिला गिरी अल्पमतमा पर्नु भएको छ् । सङ्घीय सरकारको गठबन्धन टुटेसँगै लुम्बिनी प्रदेशमा पनि सरकार परिवर्तन  खेल सुरु भएको छ ।