राष्ट्रपति पौडेल आज गोरखा जाँदै

0
Shares

काठमाडौँ।

राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाने भएका छन्। राष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलोपटक काठमाडौं बाहिर जान लागेका हुन्।

नेपाली सेनाको हेलिकप्टर मार्फत पौडेल आज बिहान ९:३० बजे गोरखा जाने कार्यक्रम तय भएको छ।

गोरखकाली मन्दिर दर्शनका लागि पौडेल गोरखा जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।