सत्तारूढ दलहरूको बैठक बस्दै

0
Shares

काठमाडौं । सत्तारूढ दलहरुको बैठक बस्ने भएको छ । बुधबार बेलुकी ४ बजे उक्त दलको बैठक बस्ने भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ । सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल हुने बताइएको छ ।

आजको बैठकले ठोस छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

सरकारमा सहभागिताका हुने विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच हिजो (मंगलबार) छलफल थियो ।