प्रधानमन्त्रीद्वारा पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक योजनाको शिलान्यास

0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गरेका छन् ।

प्रचण्डले आज (मंगलबार) बिहान ११ बजे उक्त सडक स्तरोन्नति योजनाको शिलान्यास गरेका हुन् ।

पन्थहिटी–कटहरे–हर्मी–साहिलटार योजना अन्तर्गत पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने लगायत उक्त सडक डबल लेनसहित कालोपत्रे गर्ने बताइएको छ ।

भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुन लागेको योजनाको कूल लागत ८० करोड रुपियाँ रहेको जनाइएको छ ।
वूड हिललामा जेभी, महाराजगञ्जले ३० महिनामा सक्नेगरी सडकको ठेक्का पाएको छ ।

प्रधानमन्त्रीसँगै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ समेत गोर्खा पुगेका छन् ।

गोरखा प्रचण्डको निवाचन क्षेत्र पनि हो ।