जसपाद्वारा उपराष्ट्रपतिको राजीनामा स्वीकृत

0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवको राजीनामा स्वीकृत गरेको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा निर्वाचित भएको मिति चैत ३ गतेदेखि लागू हुने गरी राजिनामा स्वीकृत गरेको प्रवक्ता मनिष सुमनले जानकारी दिए । उनका अनुसार उपराष्ट्रपति यादवले दिएको साधारण सदस्यसमेत नरहने गरी दिएको राजीनामा स्वीकृत गरिएको हो ।

जसपा नेपालको महासचिवसमेत रहेका यादव गत चैत ३ गते तेस्रो कार्यकालका उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।