प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट विश्वासको मत लिने भएका छन् । सोमबार दिउँसो १ बजे बस्ने संसद् बैठकबाट प्रधानमन्त्रीले विश्वासको मत लिने भएका हुन् ।

एमाले–माओवादी नेतृत्वको सत्ता गठबन्धन हुँदा प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला संसद् बैठकमा उपस्थित २७० सांसदमध्ये प्रचण्डले २६८ मत दिएका थिए ।

प्रचण्डले विश्वासको मत पाएको केही महिनामै एमालेसँग सत्ता गठबन्धन तोडेर कांग्रेससँग गठबन्धन गरेपछि एमाले र राप्रपाले सरकारको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएका थिए ।

समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार आज दिउँसो प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वासको मत लिँदैछन् ।