काठमाडौं उपत्यका र बाहिरका २१ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

0
Shares

काठमाडौं ।

आन्तरिक विवादका कारण त्रिविका २१ वटा क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार २१ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको हो ।

काठमाडौं उपत्यकाभित्रका ७ र बाहिरका ६ वटा क्याम्पसमा उक्त निर्वाचनचन हुन नसकेको उक्त सममितिले जनाएको छ ।

काठमाडौंमा २२ आंगिक क्याम्पसहरूमध्ये अस्कल, त्रिचन्द्र, आरआर, विश्वभाषा, मिनभवन, आयुर्वेद कीर्तिपुर र पाटन गरी ७ क्याम्पसमा निर्वाचन स्थगित भएको छ ।

काठमाडौं उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज लगायतका क्याम्पसमा पनि स्ववियु निर्वाचन हुन नसकेको छैन ।