स्ववियु निर्वाचन : नयाँ नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि मतदान जारी

0
Shares

काठमाडौं । स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु)को नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । त्रिभुवन विश्वबिद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त कलेजमा नयाँ नेतृत्वका लागि मतदान हुँदैछ ।

काठमाडौं उपत्यकासहित देशैभरीका क्याम्पसमा बिहान ८ बजेदेखि मतदान शुरु हुनेछ भने साँझ ४ बजेभित्रमा मतदान सम्पन्न हुने गरी त्रिभुवन विश्वबिद्यालयले कार्यतालिका यसअघि नै सार्बजनिक गरिसकेको छ ।

पहिलोपटक स्ववियु नेतृत्व मिश्रित निर्वाचन प्रणालीमार्फत आउने छन् । जसअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर नेतृत्वमा पुग्नेछन् ।