प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

0
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । आइतबार दिउँसो १ बजे उक्त बैठक बस्ने भएको हो ।

बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ पेस हुने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

शनिबार बसेको १० दलीय सत्ता साझेदारको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ संशोधन गर्न बनेको विधेयक आइतबारको संसद् बैठकमा पेस गर्ने निर्णय गरेको थियो ।