भारतबाट फर्किए पूर्वराजा



काठमाडौँ ।

एक साता अघि भारत भ्रमणमा निस्कनुभएका पूर्वराजा ज्ञानेन्द्र परिवार झापा फर्किनु भएको छ । १९ जनाको जम्बोटोली सहित ज्ञानेन्द्र परिवार गत सोमबार सिलगुढी पुग्नुभएको थियो ।

निजी भ्रमण भनिए तापनि राजनीतिक भ्रमणमा निस्कनु भएका ज्ञानेन्द्रले स्थानीय नेतालाई भेट गरेको स्रोतको भनाई छ । ज्ञानेन्द्रसंगै पूर्वरानी कोमल, छोरी प्रेरणा, धिरेन्द्रका पुत्रीद्वय सिताष्मा र दिलासा , निजी सचिव सागर तिमल्सिना, लगायतको टोली भ्रमणमा निस्कनुभएको थियो ।

भारतबाट काँकडभिट्टा हुँदै झापा फर्किनु भएका पूर्वराजा ज्ञानेन्द्र परिवारले मेची क्राउन होटलमा केहीबेर आराम गरेका थिए । त्यसपछि सिधै चिया बगानमा फर्कनुभएको थियो ।

मंसिर ६ गतेदेखि झापा स्थित आफ्नै स्वामित्वमा रहेको हिमालयन टी स्टेटमा बस्दै आउनुभएका पुराराजा ज्ञानेन्द्र वैशाख महिनासम्म झापामै रहने कार्यक्रम रहेको छ । सायद नयाँवर्ष पछि काठमाडौँ फर्कनुहुन्छ होला स्रोतले न्युज अफ नेपालसँग भन्यो ।

 

 

प्रतिक्रिया दिनुहोस्