आफ्नै तीन वर्षीया छोरीको हत्या गरेको अभियोगमा पक्राउ

0
Shares

बाग्लुङ । तीन वर्षीया आफ्नै छोरीको हत्या गरेको अभियोगमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ । छोरी अरिसा दिनको हत्या गरेको अभियोगमा बाबु सायर दिनलाई प्रहरीले पक्राउ गरेको हो ।

बागलुङ नगरपालिका १२ अमलाचौर घर भई जैमिनी नगरपालिका ४ सर्कुवा बस्ने २० वर्षीय सायरलाई प्रहरीले पक्राउ गरेको छ ।

सायरले ढुङ्गाले टाउकोमा प्रहार गरी आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।