सालको खपटा र जिउँदो हुचिलसहित दुई जना पक्राउ

0
Shares

धादिङ । धुनिवेशी नगरपालिका ६ नौविसेबाट सालको खपटा ५ किलो ३ ग्राम र जिउँदो हुचिल १ थानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाउँपालिका ५ नयाँगाउँ बस्ने ४७ वर्षीय बिनोद लामासहित दुई जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र ईलाका प्रहरी कार्यालय खानीखोला धादिङबाट खटिएको प्रहरीले हाप्सेचौरबाट नौविसेतर्फ आउँदै गरेका उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बोराभित्र लुकाई ल्याएको खपटा र कार्टुनभित्र लुकाई ल्याएको हुचिलसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।