कर्तव्य ज्यानसम्बन्धी कसुरमा फरार अभियुक्त १३ वर्षपछि पक्राउ

0
Shares

पर्वत । कर्तव्य ज्यानसम्बन्धी कसुरका फरार अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन् । जिल्लाको पैयुँ गाउँपालिका घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१४ चाउथेमा बस्दै आएका ४८ वर्षीय डबिन गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश राउतले जनाकारी दिए ।

सर्वोच्च अदालतले २०६६ साल फागुन ३ गतेको फैसलामा गुरुङलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा आठ वर्ष दुई महिना २३ दिन कैद सजाय सुनाएको थियो ।

अदालतको आदेशसँगै फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकेर बसेको अवस्थामा मंगलवार पक्राउ गरेको हो ।

गुरुङलाई मंगलबार नै पर्वत जिल्ला अदालत उपस्थित गराइएको छ ।