सन्दीप लामिछानेको मुद्दा सर्वोच्चको बन्द इजालासमा अझै जारी

0
Shares

काठमाडौं ।

नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दाको सुनुवाइ बन्द इजलासमा भइरहेको छ ।

सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेशविरुद्ध सरकारले दिएको निवेदन तथा लामिछानेले विदेश जान पाउनु पर्ने भन्दै दिएको निवेदन माथि सर्वोच्च अदालतको सुनुवाइ बन्द इजलासमा भईरहेको हो ।

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा दुवै रिट निवेदनको सुनुवाइ भइरहेको छ । इजलासले सुरुमा नै उक्त रिट निवेदन बन्द इजलासमा गर्ने आदेश दिएको र सोहीअनुसार बन्द इजलासमा सुनुवाइ भइरहेको सर्वोच्च अदालतले जनाएको छ ।

बलात्कार तथा लैंगिक हिंसालगायत मुद्दाको सुनुवाइ बन्द इजलासमा गर्न सकिने कानुनी व्यवस्था छ । बन्द इजलासमा दुवै पक्षका वकिलको मात्रै उपस्थिति छ ।