ह्वात्तै घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?


काठमाडौँ। 

नेपाली बजारमा शुक्रवार  सुन–चाँदीको मूल्य घटेको छ। आज सुन तोलाको २ हजारले घटेर एक लाख ४७ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बिहीबार  सुनको मूल्य  तोलाको १ लाख ४९ हजार ५ सय रहेको थियो ।

  त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार ८ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै  आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ३० रुपियाँ घटेर तोलाको १८३० मा कारोबार भइरहेको  छ ।

बिहीबार  चाँदी प्रतितोला १८ सय ६० रूपैयाँमा कारोबार भएको थियो 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।