बालुवाटार बैठक सकियो, राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति

0
Shares

काठमाडौँ।

राष्ट्रपति निर्वाचनका लागि सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ दलको बैठक सकिएको छ।

बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा अघि सार्ने निर्णय गरेको छ।

बैठकले कांग्रेसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए।

प्रधानमन्त्री निवासमा भएको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीको सहभागिता रहेको थियो ।