पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङ्गमार्ग निर्माणको लागि सिद्धार्थ राजमार्ग बन्द हुने

0
Shares

पाल्पा।

जिल्लाको सिद्धबाबा क्षेत्रमा सुरुङ्गमार्ग निर्माणको लागि सिद्धार्थ राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको राजमार्ग व्यवस्थापन समितिको बैठकले राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको सिद्धबाबा क्षेत्रमा निर्माण हुने सुरुङ्ग मार्ग निर्माणमा ड्राइभर्सन सडक बनाउने कामको लागि फागुन १३ गतेदेखि १५ दिनसम्म सडक बन्द हुने निर्णय गरिएको छ ।

यस अवधिमा विहान ११ बजेदेखि अपरान्न २ बजेसम्म र राती १० बजेदेखि सवारी साधन आवत जावत बन्द गरी सुरक्षित रुपमा काम गर्ने निर्णय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो ।

यस अवधिमा साना तथा मझौला सवारीहरुले बैकल्पिक मार्गको रुपमा रहेको दोभान– नुवाकोट खण्डको भित्रि सडकको स्तरउन्नती गरी संचालन गर्ने र यात्रुहरुले समेत सोही मार्ग प्रयोग गर्न समेत निर्णय गरिएको छ ।

यस्तै हार्थोक जोर्ते सडक खण्डको निर्माणमा निर्माण व्यवसायीले ढिलासुस्ती गरेकाले बढीमा १५ मिनेट भन्दा बढी सडक बन्द नहुने गरी सुरक्षित तवरले सडक निर्माण गर्न समेत प्रशासनमा निर्णय गरिएको छ ।