दुई छाेरासहित नहरमा हामफालेकी महिला मृत फेला

0
Shares

नवलपरासी ।

पश्चिम नवलपरासीकाे सुस्तामा एक आमाले आफ्ना बच्चासहित मंगलबार नहरमा हामफाल्दा ३ जनाकाे मृत्यु भएकाे छ ।
सुस्ता गाउँ पालिका वडा नं.२ हरकपुर नजिक २९ वर्षीया प्रतिमा थारूले आफ्ना दुई छाेरा ९ वर्षका क्रिष र ७ वर्षीय सुमितलाई साथै लिई पश्चिम गण्डक नहरमा फाल हानेर बेपत्ता भएकी थिईन् ।

स्थानीय महलवारी गाउँ निवासी मानसिक स्थिति सामान्य नरहेकी थारूका श्रीमान् तिर्थराम बैदेशिक राेजगारीका क्रममा भारतमा रहेकाे बताईएकाे छ ।
दिउँसाे २ बजेकाे साे घटना लगत्तै प्रहरीले बेपत्ताकाे खाेजि गर्ने क्रममा साझ तीनै जना मृत अवस्थामा फेला परेकाे जिप्रका नवलपरासी पश्चिमका सूचना अधिकारी प्रनाउ भाेजराज पाण्डेले बताउनु भयाे ।

पाण्डेका अनुसार नहरमा पानी सुकाई खाेजी गर्ने क्रममा घटना स्थलबाट १ सय मिटर तल आमा प्रतिमाले आफ्ना दुई छाेराहरूलाई दायाँ र बायाँ हातमा सलले बाधेर हाम फालेकाे अवस्थामा शव फेला परेकाे हाे ।

मृतक तिनै जनाकाे शवलाई पाेष्टमार्टमका लागि जिल्ला अस्पताल परासी पठाईएकाे प्रनाउ पाण्डेले बताउनु भयाे ।