बलात्कार आराेपमा २ जना पक्राउ

0
Shares

काठमाडौं । 

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ गंगाजमुना गाउँपालिका-९ घर भई काठमाडौं नागार्जुन नगरपालिका-४ सितापाईला बस्ने ३४ वर्षीय सुरज अधिकारीलाई  प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले ती किशोरीलाई काठमाडौं महानगरपालिका-१५ कारखाना चोकस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई मंगलबार बिहान पक्राउ गरेको हो ।

यस्तै  १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्साकाे ठोरी गाउँपालिका-१ दिपकनगर बस्ने ५९ वर्षीय रामचन्द्र क्षेत्रीलाई  प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीले ती किशोरीलाई सोही ठाउँस्थित सिंङगे खोलाको बगरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।