बालिका हत्या घटनाका आरोपित १८ महिनापछि पक्राउ

0
Shares

कालिकोट ।

खाँडाचक्र नगरपालिका–६ दाँहाकी १६ वर्षीया निरू विकको हत्या घटनाका आरोपी १८ महिना पछि सोमबार खाँडाचक्र नपा–६ का ४७ वर्षीय अने नेपाली र ३० वर्षीया कमला विकलाई प्रहरीले पक्राउ गरेको छ ।

०७८ भदौ ४ गतेबाट हराएकी बालिका विकको आधा शरीर बाँकी रहेको शव ०७८ भदौ ७ गते फेला परेपछि पीडित पक्षले भदौ ९ गते बलात्कारपछि हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

केही प्रमाण नष्ट भएको र स्थानीयको सहयोग नपाएर अनुसन्धान कार्य ढिलो भएका काराण आरोपितहरूलाई १८ महिना पछि घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जयश्वर रिमालेले नेपाल समाचारपत्रसँग बताउनु भयो ।

ढिलै भएपनि आरोपितहरूलाई प्रहरीले गिरफ्तार गरेको हुनाले न्याय पाउने आशा जागेको मृतक निरुका पिता रत्न कामीले बताउनु भयो ।

‘छोरीको शरीरको तल्लो भाग काटेर फालिएकोले बलात्कारपछि हत्या गरिएको दावी गरेका थियौं तर आरोपितलाई गिरफ्तार गर्न १८ महिना कुर्नु परेकोमा दुखी भएको भएपनि न्याय पाउने आशामा रहने छौ ।’–निरुका बुबा कामीले थप्नु भयो ।

उजुरीमा कसले र किन यस्तो घटना ग¥यो भन्ने उल्लेख गरिएको किटानी आउन नसकेकाले पनि अनुसन्धानमा समस्या आएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर सुबराज बमको भनाई रहेको छ ।

घटनाको केही दिन पछि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट आएको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेको थियो ।