प्रजातन्त्र दिवसमा कैदी बन्दीको कैद मिनाहा

0
Shares

वीरगन्ज। 

७३ औँ प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट माफी पाएर वीरगन्ज कारागारबाट १० जना कैदी रिहा भएका छन् ।संघीय सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा देशका विभिन्न कारागारमा रहेका ५ सय १ जना कैदीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेकी  हुन् ।

ती मध्ये वीरगन्ज कारागारका १० जना कैदीको पनि सजाय मिनाहा भएर आइतबार रिहा गरी  घर पठाइएको वीरगन्ज कारागारका सूचना अधिकारी नवराज बर्तौलाले जानकारी दिनुभयो । उहाँका अनुसार , आइतबार वीरगन्ज कारागारबाट बाँकी सजाय मिनाहा भएर रिहा हुनेहरुमा कर्तव्य ज्यान मुद्दाका १ जना, सवारी ज्यान मुद्दाका ६ जना, चोरी मुद्दाका १ जना, लापरबाहीबाट मानिसको ज्यान मुद्दाका १ जना र हातहतियार खरखजना मुद्दाका १ जना रहेका छन् ।

रिहा हुनेहरुमा पर्साको वीरगन्ज महानगरपालिकाा गणेश साह तेली, लालेश्वर चौधरी र राजकपुर पटेल, पर्साको जगरनाथपुर गाँउपालिकाका सहदेव महतो, पर्साकै सखुवा प्रसौनी गाँउपालिकाका सल्टु महतो ,पर्साकै ठोरी गाँउपालिकाका सागर पाख्रिन , बाराको जितपुरसिमरा उपमहानगरपालिकाका नागेन्द्र चौधरी, बाराकै प्रसौनी गाँउपालिकाका योगेन्द्र प्रसाद साह, , बाराकै कोल्हबी नगरपालिकाका शम्भु चौधरी तथा मकवानपुरको हेटौडा उपमहानगरपालिकाका उत्तम ज्योति बज्राचार्य रहेका छन् ।

कैद मिनाहा  भएर रिहा हुनेहरूलाई कारागार प्रशासनलले आइतबार एक कार्यक्रम आयोजना गरी  विदाई गरेको वीरगन्ज कारागारका आन्तरिक प्रशासन प्रमुख दिनेश साह सोनारले जानकारी दिनुभयो ।